News Summary
Generated by OK AI. Editorially reviewed.- वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेलहरूको तालिका कात्तिक २३ मा सार्वजनिक भएको छ।
- इन्फिनिटी ड्रिम्सले आइतबार खेलतालिका सार्वजनिक गरेको र जेनजी आन्दोलनका कारण रोकिएको प्रतियोगिता कात्तिक २६ देखि २९ सम्म हुने तय भएको छ।
- लिगमा ६ फ्रेन्चाईज टोलीको सहभागिता छ र ललितपुर क्विन्स र कर्णाली यशविसले सुरुवाती तीन खेल जितेर अपराजित रहेका छन्।
२३ कात्तिक, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका बाँकी खेलहरूको तालिका सार्वजनिक भएको छ ।
आयोजक ईन्फिनिटी ड्रिम्सले आइतबार खेलतालिका सार्वजनिक गरेको हो । जेनजी आन्दोलनका कारण बीचमै रोकिएको प्रतियोगिता कात्तिक २६ देखि २९ सम्म गर्ने तय भएको थियो ।
यसअघि दोस्रो संस्करणको प्रतियोगिता भदाै २० गते देखि पोखरामा भएको थियो । जसमा लिगको १६ मध्ये ९ खेल सम्पन्न भइसकेको छ ।
नयाँ तालिकाअनुसार कात्तिक २६ गते दिउँसो ३ बजे कर्णाली यशविस र मधेश युनाइटेड खेल्ने छन् । सोही दिन साँझ ५ बजे ललितपुर क्वीन्स र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुनेछ ।
लिगमा ६ फ्रेन्चाईज टोलीको सहभागिता छ । ललितपुर क्विन्स र कर्णाली यशविसले सुरुवाती तीन खेल जितेर अपराजित छन् ।

प्रतिक्रिया 4