+
+
Shares

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाइफाई’, स्पिड ४ गुणा फास्ट हुने दाबी

यसले नेपाली उपभोक्ता र व्यवसायका लागि इन्टरनेट कनेक्टिभिटीको अनुभवलाई नयाँ दिशा दिने कम्पनीले दाबी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्ल्डलिंक कम्युनिकेसन्सले काठमाडौंमा 'वर्ल्डलिंक सिक्सजी' इन्टरनेट प्रविधि सार्वजनिक गरेको छ।
  • 'वर्ल्डलिंक सिक्सजी'ले वाइफाई फाइभभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणा उच्च थ्रुपुट दिने कम्पनीले दाबी गरेको छ।
  • वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले भने, 'वाइफाई सिक्स नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो।'

२३ कात्तिक, काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘वर्ल्डलिंक सिक्सजी’ सार्वजनिक गरेको छ । आइतबार  काठमाडौंमा कार्यक्रम आयोजना गर्दै कम्पनीले ‘वर्ल्डलिंक सिक्सजी’ इन्टरनेट प्रविधि सार्वजनिक गरेको हो ।

भविष्यको इन्टरनेटका रूपमा प्रस्तुत गरिएको ‘वर्ल्डलिंक सिक्सजी’ ले हाल प्रचलनमा रहेको वाइफाई फाइभ प्रविधिभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च थ्रुपुट प्रदान गर्ने जनाइएको छ ।

यसले नेपाली उपभोक्ता र व्यवसायका लागि इन्टरनेट कनेक्टिभिटीको अनुभवलाई नयाँ दिशा दिने कम्पनीले दाबी गरेको छ ।

कार्यक्रममा वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दीलिप अग्रवालले नयाँ प्रविधिको आधिकारिक सुरुवात गरे ।

उनले भने, ‘वाइफाई सिक्स नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?