२५ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वकानुनमन्त्री अग्नि खरेलले आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने बताएका छन् ।
नेपाल कानुन समाजले मंगलबार आयोजना गरेको आगामी प्रतिनिधिसभाको निर्वाचन : चुनौती र अवसर विषयक राजनीतिक दलहरूसँगको अन्तर्क्रिया कार्यक्रन उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकार निर्वाचन गर्नेतिर नलागेको आरोप लगाए ।
निर्वाचनको मुख्य स्टेकहोल्डर रहेका राजनितिक दलका नेताहरूलाई नै नभेट्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले निर्वाचन गराउनेमा आफूहरूलाई विश्वास नलागेको उनको भनाइ छ ।
उनले निर्वाचन गर्ने वातावरण बनाउने सरकारको काम भएको बताए । तर सरकारको काम कारबाहीले निर्वाचनको वातावरण बनाउने भन्दा बिगार्नेतिर बढी गएको उनको भनाइ छ ।
‘एमाले निर्वाचनबाट भागेर बाहिर जाँदैन । तर, निर्वाचन हुँदैछ भन्ने कुराको विश्वास दिलाउने खालको सरकारी ढाँचा छैन । काम कारबाही नै त्यो खालको भइरहको छैन । अनि कसरी निर्वाचन हुन्छ भनेर विश्वास गर्ने ?’ उनले भने ।
उनले अगाडि भने, ‘दलसँग वार्ता गर्दिन भन्ने प्रधानमन्त्रीले देशमा चुनाव खोजेको भन्ने मलाई विश्वास लाग्दैन ।’
शीर्ष नेताहरूसँग छलफलमा बस्दिन भन्ने अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई तिनै शीर्ष नेताहरूले प्रधानन्याधीश बनाएको उनको भनाइ छ । उनले भने, ‘त्यसबेला प्रधानमन्त्री केपी ओली नै हुनुहुन्थ्यो क्यार ।’
उनले राजनितिक दलहरुसमेतको समर्थनमा खिलराज रेग्मी नेतृत्वको सरकार बनेकोले उक्त सरकारले सजिलै निर्वाचन गर्न सफल भएको पनि स्मरण गरे ।
प्रतिक्रिया 4