+
+
Shares

चुनावअघि अधिवेशन गर्नै पर्ने भए विशेष अधिवेशनमा जाऔं : किशोरसिंह राठौर

‘म विशेष महाधिवेशनको पक्षमा छु । हेप्ने हामीलाई ? अपराधी जस्तो,’ उनले भने, ‘बाहिर हरूवाहरूले त चाहेका छन्, छन् । केन्द्रीय समितिमा भएकाहरूलाई पनि विशेष अधिवेशन चाहिएको छ । ठीक छ, चाहिएको छ भने विशेष अधिवेशनमा जाऔँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी एकढिक्का भएर जान निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताएका छन्।
  • राठौरले आन्तरिक निर्वाचनले पार्टी खत्तम भएको उल्लेख गर्दै २१ फागुनको निर्वाचन अगावै विशेष महाधिवेशन गर्नुपर्ने बताए।
  • उनले १४ औं महाधिवेशनमा पराजित भएकाहरूले विशेष महाधिवेशन चाहेको र आफू पनि त्यसको पक्षमा रहेको खुलाएका छन्।

२७ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी एकढिक्का भएर जानुपर्ने आवश्यकता रहेका कारण आगामी निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताएका छन्।

केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बिहीबारको बैठकमा धारणा राख्ने क्रममा उनले आन्तरिक निर्वाचनले पार्टी खत्तम भएको पनि बताए।

‘मैले बुझेको कांग्रेसमा के छ भने आन्तरिक चुनावले पार्टी खत्तम भयो,’ सहमहामन्त्री राठौरले भने, ‘त्यसैले हामी एकढिक्का भएर जानुपर्ने भएकाले निर्वाचनपछि अधिवेशनमा जाऔँ ।’

उनले २१ फागुनको निर्वाचन अगावै महाधिवेशन गर्नुपर्ने भए विशेष महाधिवेशन गर्नुपर्ने पनि बताए । ‘होइन, गर्नै पर्ने हो भने विशेष अधिवेशनमा जाऔँ,’ राठौरले भने, ‘फेस गरौँ विशेष अधिवेशन। हामी फेस गर्न तयार छौँ ।’

सहमहामन्त्री राठौरले १४ औं महाधिवेशनमा पराजित भएकाहरूले विशेष महाधिवेशन चाहेको टिप्पणीसमेत गरे ।

‘म विशेष महाधिवेशनको पक्षमा छु । हेप्ने हामीलाई ? अपराधी जस्तो,’ उनले भने, ‘बाहिर हरूवाहरूले त चाहेका छन्, छन् । केन्द्रीय समितिमा भएकाहरूलाई पनि विशेष अधिवेशन चाहिएको छ । ठीक छ, चाहिएको छ भने विशेष अधिवेशनमा जाऔँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?