+
+
Shares

पोर्चुगलमा कामदार भिसा बन्द, ठगीबाट बच्न दूतावासको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोर्चुगल सरकारले कात्तिक ६ गतेदेखि उच्च दक्ष कामदारबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको छ।
  • पोर्चुगलस्थित नेपाली दूतावासले कामदार भिसा सम्बन्धी ठगीबाट बच्न आग्रह गरेको छ।
  • गैरआवासीय नेपाली संघले पनि भिसा बन्द अवस्थामा ठगीको प्रयासबाट सचेत रहन अनुरोध गरेको छ।

२७ कात्तिक, काठमाडौं । पोर्चुगलले उच्च दक्ष बाहेक अन्य कामदार भिसा बन्द गरेको छ ।

कात्तिक ६ गतेदेखि लागू हुनेगरी पोर्चुगल सरकारले उच्च दक्ष बाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको हो । कामदार भिसा बन्द गरे पनि नेपालबाट पोर्चुगल पठाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको देखिएको छ ।

ठगीका घटना बढ्न थालेपछि पोर्चुगलस्थित नेपाली दूतावासले कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै पोर्चुगल सरकारले उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेकाले सावधानी अपनाउन भनेको छ ।

पोर्चुगलले कामदार भिसा सम्बन्धी विद्यमान कानुनमा संशोधन गर्दै उच्च दक्ष कामदारका लागि मात्रै भिसा दिने निर्णय गरेको थियो । त्यो बाहेक सबै प्रकारका कामदार भिसा जारी बन्द गरेको औपचारिक जानकारी दूतावासलाई गराएको थियो ।

अझै पनि नेपाल तथा मध्यपूर्वका मुलुकमा बस्ने नेपालीलाई पोर्चुगलमा काम लगाइदिने प्रलोभनमा ठगी गर्ने कार्य भइरहेको दूतावासले जनाएको छ । यस्ता गतिविधिमा कोही नलाग्न तथा कसैको बहकाउमा लागेर ठगीबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले समेत सचेत रहन अनुरोध गरेको छ । कामदार भिसा बन्द भएको अवस्थामा नेपालीलाई विभिन्न प्रलोभनमा पारेर ठगीको प्रयास भइरहेको भन्दै सचेत रहन अनुरोध गरेको हो ।

गत वर्ष मात्रै १ हजार ९८९ जनाले श्रम स्वीकृति लिएर पोर्चुगल गएका थिए । सबैजसो व्यक्तिगत श्रम स्वीकृति लिएर गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?