+

राफिन्हाको दुई गोलमा बार्सिलोनाको जित

२०८२ मंसिर  २८ गते ८:२८ २०८२ मंसिर २८ गते ८:२८
राफिन्हाको दुई गोलमा बार्सिलोनाको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोनाले घरेलु मैदानमा ओसासुनालाई २-० गोलअन्तरले हराएको छ।
  • राफिन्हाले दोस्रो हाफको ७०औं र ८६औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाएका छन्।
  • जितपछि बार्सिलोनाको १७ खेलमा ४३ अंक भएको छ भने ओसासुनाको १५ अंक छ।

२८ मंसिर, काठमाडौं । ब्राजिलियन विंगर राफिन्हाको दुई गोल मद्दतमा स्पेनिस लालिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले जित हासिल गरेको छ ।

बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा ओसासुनालाई २-० गोलअन्तरले हराएको हो ।

राफिन्हाले दोस्रो हाफको ७०औं र ८६औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

जितपछि बार्सिलोनाको १७ खेलमा ४३ अंक भएको छ । पराजित ओसासुनाको १५ अंक छ र १६औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियालाई २-१ गोलअन्तरले हरायो ।

बार्सिलोना स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय