+
+
Shares

एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १०:१५
Listen News
0:00
0:30
🔊

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो । त्यसलाई पुन: दिउँसो १ बजेका लागि सारिएको छ ।

भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ ।

अहिले केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भइरहेको छ । यो बैठक कार्यकालको अन्तिम बैठक हो ।

बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए ।

बन्दसत्र सरेपनि प्रतिनिधिहरु बिहानै भृकुटीमण्डपमा पुगेका छन् । प्रतिनिधिहरुले दस्तावेजहरुको प्रचारप्रसाद गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?