+
+
Shares

काभ्रेमा बसको ठक्करबाट एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

कपिल कोइराला कपिल कोइराला
२०८२ मंसिर २८ गते ११:०७

२८ मंसिर, काभ्रेपलाञ्चोक । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको अरनिको सुपर एक्सप्रेस बसले काभ्रेमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध-२ पातलेगाँउमा बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिँदा स्थानीय ६८ वर्षीय पोतबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको जल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

त्यसको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् । बीपी राजमार्गको काभ्रेभञ्ज्याङ-भकुण्डेबेसी खण्डमा गाडीहरु चलेका छैनन् ।

राजमार्ग अवरुद्ध भएपछि उक्त सडक भएर पूर्वतर्फ जाने सवारीसाधनहरुलाई धुलिखेलमै रोकिएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?