+

रश्मीको गोलमा एपीएफको दोस्रो जित

२०८२ मंसिर  २८ गते १७:३६ २०८२ मंसिर २८ गते १७:३६
रश्मीको गोलमा एपीएफको दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपीएफले साफ महिला क्लब च्याम्पियनसिपमा कराची सिटी एफसीलाई १-० ले पराजित गर्दै दोस्रो जित हात पारेको छ।
  • रश्मी कुमारी घिसिङले ५२औं मिनेटमा हेडमार्फत एक मात्र गोल गरिन्।
  • एपीएफ ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा उक्लेको छ र अन्तिम खेलमा इस्ट बंगालसँग प्रतिस्पर्धा गर्नेछ।

२८ मंसिर, काठमाडौं । रश्मी कुमारी घिसिङले गरेको एक मात्र गोलको मदतमा एपीएफले साफ महिला क्लब च्याम्पियनसिपमा आइतबार पाकिस्तानको कराची सिटी एफसीलाई १-० ले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफका लागि रश्मीले ५२औं मिनेटमा एक मात्र गोल गरिन् । उनले रेनुका नगरकोटीको क्रसमा हेड मार्फत गोल गरेकी हुन् ।

दोस्रो जितपछि एपीएफ ३ खेलबाट ७ अंक जोडेर अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । पहिलो खलमा नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले पराजित गरेको एपीएफले दोस्रो खेलमा ट्रान्सपोर्ट युनाईटेड लेडिजसँग गोलरहित बराबरी खेलेको थियो ।

अब एपीएफले लिग चरणको अन्तिम खेलमा अर्को अपराजित टोली इस्ट बंगालसँग खेल्नेछ । इस्ट बंगालले २ खेलमा ६ अंक जोडेर हाल दोस्रो स्थानमा छ ।

लिग चरणमा शीर्ष २ हुने टोलीले आगामी शनिबार उपाधिका लागि खेल्ने छन् ।

एपीएफ क्लब साफ महिला क्लब च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय