+
+
Shares

मकवानपुरको अधेरीमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु, १९ जना घाइते

मकवानपुरको अधेरीमा ट्याक्टर दुरघटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १७:१५
Listen News
0:00
0:30
🔊

१ पुस, काठमाडौं । मकवानपुरको अधेरीमा ट्याक्टर दुरघटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् ।

बकैया गाउँपालिका-७ अधेरीमा लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । घाइते मध्ये बकैया गाउँपालिका-७ अधेरीका करिब ५०/५५ वर्षीय केशव माझी, सोही ठाउँ बस्ने करिब ५०/५५ वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझीको मृत्यु भएको हो ।

उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुघर्टनमा परेका व्यक्तिहरू काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा काम गर्ने कामदारहरू हुन् । उनीहरू काम गरेर खाना खाना ट्याक्टर चढेर आउने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?