+
+
Shares

‘झरीपछिको इन्द्रेणी’ को अग्रिम टिकट बिक्री सुरु, बालेनको गीतले राहत देला ?

बालेनको गीतलाई लिएर टिकटक र रिल्समा हजारौं भिडियो बनिरहेका छन् । धेरैले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कालजयी शब्द र बालेनको र्‍याप लिरिक्सलाई रुचाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १५:४४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘झरीपछिको इन्द्रेणी’ को अग्रिम टिकट बिक्री खुलिसकेको छ र प्रारम्भिक शोज प्रकाशित भएका छन्।
  • हलिउड फिल्म ‘अवतार ३’ शुक्रबार रिलिज हुँदैछ र हलहरूले शोज विभाजन गर्ने तयारी गरिरहेका छन्।
  • गायक बालेनको गीतले ‘झरीपछिको इन्द्रेणी’ को प्रचारमा मद्दत गरेको छ र टिकटकमा हजारौं भिडियो बनिरहेका छन्।

काठमाडौं । हलहरूले फिल्म ‘झरीपछिको इन्द्रेणी’ को अग्रिम टिकट बिक्री खुलाएका छन् । प्रारम्भिक शोज प्रकाशित भएपनि यसको पूर्ण आकार विहिबार बेलुकासम्म देखिनेछ ।

काठमाडौं उपत्यका र मोफसलका हलले शोज प्रकाशित गर्दै टिकट विक्री थालेका छन् । कतिपय हलले अझै खुलाउने तयारी गरिरहेका छन् ।

शुक्रबार हलिउडको बहुप्रतीक्षित ‘अवतार ३’ पनि आउने भएपछि हलले सोहीअनुसार शोज विभाजन गर्नेछन् । ‘अवतार २’ ले झन्डै २०० शोज पाएको देखिन्छ ।

‘अवतार ३’ को विश्वबजारबाट प्रारम्भिक प्रतिक्रिया आउन थालेकाले यो फिल्मको बक्सअफिस ओपनिङ कस्तो हुनेछ, यो अहिल्यै भन्न सकिँदैन । अहिलेसम्म समग्रमा मिश्रित प्रतिक्रिया देखिन्छ ।

अब ‘झरीपछिको इन्द्रेणी’ को सबै कुरा यसको सकारात्मक ‘वर्ड अफ माउथ’ मा निर्भर हुनेछ । गायक बालेनले ल्याएको फिल्मको ओर्जिनल साउन्ड ट्रयाकले यसको प्रचारमा केही मद्दत पुगेको देखिन्छ ।

बालेनको उक्त गीतलाई लिएर टिकटक र रिल्समा हजारौं भिडियो बनिरहेका छन् । धेरैले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कालजयी शब्द र बालेनको र्‍याप लिरिक्सलाई रुचाएका छन् ।

यस्तोमा, बालेनको गीतले फिल्मलाई फाइदा पुगेको देखिन्छ । बालेनको उक्त गीतको लोकप्रियता बक्सअफिस संख्यामा रुपान्तरण कसरी हुन्छ, त्यो भने पर्खाइको विषय हो ।

अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित ‘झरीपछिको इन्द्रेणी’ को रनटाइम १४० मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?