१४ पुस, गुल्मी । गुल्मीमा पछिल्लो समयमा सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । सोलार लिफ्ट खानेपानी परियोजनाबाट गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्टिङ परियोजनामार्फत ३२७ घरमा खानेपानी पुर्याइएको हो ।
वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयलाई लुम्बिनी प्रदेशबाट १५ लाख रुपैयाँ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ५५ लाख ३३ हजार रुपैयाँ, ग्रामीण प्रविधि केन्द्र मर्फत यूएनडीपी/जीईएफ/एसजीपीबाट २९ लाख ६१ हजार रुपैयाँ उपलब्ध गराइएको थियो ।
त्यसैगरी गुल्मीदरबार गाउँपालिकाबाट २२ लाख रुपैयाँ, वाइन टु वाटर नेपालबाट ५५ लाख ६२ हजार रुपैयाँ र २४ लाख रुपैयाँ बराबरको स्थानीय उपभोक्ताको श्रमदानबाट खानेपानी परियोजना सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए ।
ग्रामीण प्रविधि केन्द्रको समन्वय तथा प्राविधिक सहयोगमा जल–ऊर्जा र खाद्य प्रणालीमा नवीकरणीय ऊर्जा प्रविधिमार्फत जलवायु परिवर्तन उत्थानशिलता र जीविकोपार्जनका लागि सहयोग परियोजनामार्फत बलिथुमका अधिकांश घरमा खानेपानी पुर्याइएको छ ।
स्थानीय सरकारले मात्रै लगानी गर्न नसक्ने काममा दातृ निकायको सहयोगबाट उक्त परियोजना सम्पन्न गरेर घरघरमा खानेपानीको सुविधा पुगेको उपाध्यक्ष तारा थापा ढेँगा बताउँछन् ।
प्रतिक्रिया 4