१४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खुश्बु ओलीलाई समानुपातिकको खस आर्य महिलातर्फ पहिलो नम्बर सूचीमा राखेको छ ।
यो क्लस्टरको सूचीमा स्वाती थापा दोस्रो र देवु पराजुली तेस्रो नम्बरमा छन् । खस आर्य पुरुष तर्फ भने मतदानबाट सूची तयार पार्दा भरत गिरी, पुष्पराज पुरुष र धर्मराज जोशी परेका छन् ।
जनजाति पुरुष तर्फ तोरनबहादुर गुरुङ, राजेन्द्र गुरुङ र मोहनकुमार श्रेष्ठ सूचीमा परेका छन् । जनजाति महिला तर्फ सरस्वति लामा धादिङ, विजयकला राई खोटाङ, सरस्वाति थिङ मकवानपुर छन् ।
मधेशी पुरुषबबाट प्रलाद साह र मधेशी महिलामा निरुपमा यादव छन् । थारुमा गिरीधारीप्रसाद चौधरी र दलित तर्फ अमर आय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4