+

एपीएफलाई हराउँदै न्यु डायमन्ड नवौं एनभीए भलिबल च्याम्पियनसिपको फाइनलमा

२०८२ पुष  १८ गते ११:११ २०८२ पुष १८ गते ११:११
एपीएफलाई हराउँदै न्यु डायमन्ड नवौं एनभीए भलिबल च्याम्पियनसिपको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले एपीएफ क्लबलाई २५-१७, २५-२०, २५-७ ले पराजित गर्दै नवाैं एनभीए भलिबल च्याम्पियनसिप महिलातर्फ फाइनलमा प्रवेश गरेको छ।
  • न्यु डायमन्डले उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्ने छ।
  • आर्मी र पुलिसबीचको दोस्रो सेमिफाइनल आज दिउँसो हुँदैछ र फाइनल खेल शनिबार हुनेछ।

१८ पुस, काठमाडौं । विभागीय टोली एपीएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार विहान भएको पहिलो सेमिफाइनलमा न्यु डायमन्डले एपीएफलाई २५-१७, २५-२०, २५-७ ले पराजित गरेको हो ।

न्यु डायमन्डले अब उपाधिका लागि त्रिभुवन आर्मी क्लब र विजेता नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्ने छ ।

आर्मी र पुलिसबीचको दोस्रो सेमिफाइनल आजै दिउँसो हुँदैछ ।

फाइनल खेल शनिबार हुनेछ ।

एनभीए भलिबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय