+
+
Shares

स्वस्तिमाले किनिन् ६८ लाखको विद्युतीय गाडी (तस्वीर)

प्रकृतिमैत्री र किफायती पनि हुने भएकाले आफूलाई विद्युतीय गाडी मनपर्ने स्वस्तिमाले बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १९:०३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री स्वस्तिमा खड्काले महिन्द्राको नयाँ ६८ लाख रुपैयाँ मूल्य पर्ने ईभी कार 'बी सिक्स' किनेकी छन्।
  • अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले स्वस्तिमालाई नक्साल गैरीधारास्थित शो रुममा कार हस्तान्तरण गरे।
  • अग्नि ग्रुपले दुई सातादेखि नेपाली बजारमा 'बी सिक्स' मोडलको ईभी गाडीको विक्री थालेको छ र राम्रो प्रतिक्रिया पाएको छ।

काठमाडौँ । विद्युतीय गाडीप्रति सेलिब्रेटीको आकर्षण बढ्दो छ । अभिनेत्री स्वस्तिमा खड्काले शुक्रबार ६८ लाख रुपैयाँ मूल्य पर्ने महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ किनेकी छन् ।

महिन्द्राको नक्साल गैरीधारास्थित शो रुममा अग्नि ग्रुपका अध्यक्ष तथा शार्क ट्यांकका नेपालका शार्क क्याबिनेट श्रेष्ठले स्वस्तिमालाई उक्त कार हस्तान्तरण गरे ।

‘स्वस्तिमा र हामीले लामो समयदेखि सहकार्य गरिरहेका छौं । उहाँलाई हाम्रो नयाँ कारको ग्राहकको रुपमा पाउँदा खुसी लागेको छ’ क्याबिनेटले भने । सो अवसरमा सानोतिनो सेलिब्रेसन नै गरिएको थियो ।

स्वस्तिमा र निश्चल बस्नेतले केक काटेर खुसी मनाए । स्वस्तिमाको यो दोस्रो ईभी कार हो । यसअघि उनले महिन्द्राकै ‘एक्सयूभी ४००’ मोडलको कार चढ्दै आएकी थिइन् ।

प्रकृतिमैत्री र किफायती पनि हुने भएकाले आफूलाई विद्युतीय गाडी मनपर्ने स्वस्तिमाले बताइन् । ‘अब इलेक्ट्रिक गाडी हाम्रो भविष्य नै हो’ स्वस्तिमाले भनिन्, ‘ड्राइभिङको हिसाबमा पनि तेल किन्दा जति खर्च हुन्थ्यो, ईभीको गाडीमा किफायती हुन्छ । सस्तो पनि पर्छ ।’

सुटिङको लागि आउँदाजाँदा र कामकाजको लागि पनि महिन्द्राको ईभी गाडी सहज हुने गरेको अनुभव उनले सुनाइन् ।

अग्नि ग्रुपका सेल्स म्यानेजर सागर भट्टराईका अनुसार ‘बी सिक्स’ मोडलको गाडीलाई हालै आयोजित नाइमा अटो प्रदर्शनीमा लन्च गरिएको थियो । ‘यो गाडीलाई लिएर हामीले सोचेजस्तो राम्रो रेस्पोन्स पाएका छौं । धेरैजना हाम्रै गाडी किन्ने भनेर बसिरहनुभएको छ’ उनले भने ।

अग्नि ग्रुपले दुई सातादेखि नेपाली बजारमा यो मोडलको ईभी गाडीको विक्री थालेको हो । ‘यस्तो किसिमको गाडी खासै नेपालमा उपलब्ध छैन । नेपालको बाटो सुहाउँदो, खाल्डाखुल्डी र साँघुरो बाटोमा पनि राम्रोसँग चल्ने भएकाले धेरैको रोजाइमा यो छ’ भट्टराईले भने ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?