२२ पुस, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बुधबारका लागि सारिएको छ ।
२३ पुस बिहान ९ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।
११ माघमा हुने राष्ट्रिय सभामा कांग्रेसबाट हुने उम्मेदवार र अन्य दलसँगको गठबन्धनका एजेन्डामा कार्यसम्पादन समितिको बैठक सोमबारदेखि जारी छ । आजको बैठकले अन्य राजनीतिक दलसँग तालमेल गर्ने निर्णय गरेको छ ।
कांग्रेस र एमालेबीचमा राष्ट्रिय सभामा चुनावी तालमेल गर्ने सहमति बनिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4