फाइल तस्वीर
२४ पुस, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् ।
घिसिङले बुधबार मात्रै मन्त्री पदबाट राजीनामा दिएका थिए ।
बिहीबार चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले भने, ‘उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंं । अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ ।’
केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो ।
सो सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरीयतामा राख्ने निर्णय भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4