+
+
Shares

सुरु भयो अर्घाखाँची महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते २०:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्घाखाँचीको सन्धिखर्कमा सातौँ अर्घाखाँची महोत्सव एवं कृषि, पर्यटन संस्कृति औद्योगिक तथा व्यापार मेला सुरु भएको छ।
  • महोत्सव माघ ११ गतेसम्म सञ्चालन हुने र स्थानीय उत्पादन प्रवद्र्धन तथा पर्यटकीय क्षेत्रलाई टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको छ।
  • लुम्बिनी प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री दिनेश पन्थीले मेला महोत्सवले स्थानीय उत्पादनलाई बढावा दिनुपर्ने बताउनुभयो।

२७ पुस, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि सातौँ अर्घाखाँची महोत्सव एवं कृषि, पर्यटन संस्कृति औद्योगिक तथा व्यापार मेला सुरु  भएको छ ।

अर्घाखाँची चेम्बर अफ कमर्सको  आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा आउँदो माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवको आज भव्य कार्यक्रम, पञ्चेबाजा र विभिन्न झाँकीसहित सुरु भएको हो ।

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने तथा जिल्लाका पर्यटकीय क्षेत्रलाई टेवा पुर्‍याउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले बताए ।

महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री दिनेश पन्थीले मेला महोत्सवले स्थानीय उत्पादनलाई बढावा दिनुपर्ने बताए ।

स्थानीय रुपमा उत्पादन हुने कृषिजन्य वस्तुको बिक्री–वितरणमा महोत्सवबाट मद्दत पुग्ने बताए । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले अर्थतन्त्र सुधारमा मेला महोत्सवको भूमिका रहेको बताए । उनले मेलामा सहभागी भएर सस्तो मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा लिएर उपयोग गर्न पनि अर्घाखाँचीवासीलाई अनुरोध गरे ।

महोत्सवको उद्घाटनमा स्थानीय लोकभजन, लाखेनाच, पञ्चेबाजा सहितका स्थानीय विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो ।

प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले जिल्लाका पर्यटकीयस्थलको प्रचारप्रसार गर्न सके अर्घाखाँचीमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले अर्घाखाँचीको स्थानीय उत्पादनको बिक्री–वितरण र पर्यटकीयस्थलको प्रचारप्रसारमा महोत्सवले भूमिका खेल्ने बताउँदै अर्घाखाँची चुनढुङ्गाको पनि राम्रो सम्भावना भएको जिल्ला भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?