News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीका १६ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सोमबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको छ।
- प्रहरी प्रधान कार्यालयका अनुसार डीएसपी पुष्पराज मल्ल पहिलो नम्बरमा एसपीमा सिफारिस भएका छन्।
- धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दीलिपकुमार गिरी लगायत १५ जना डीएसपीलाई पनि एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।
२८ पुस, काठमाडौँ । नेपाल प्रहरीका १६ जना डीएसपीलाई (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आज सोमबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार पहिलो नम्बरमा डीएसपी पुष्पराज मल्ल सिफारिस भएका छन् । त्यस्तै धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दीलिपकुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मानबहादुर राई, मोहनबहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी, छेदीलाल कामती, हरिबहादुर ओली, प्रदीपकुमार सिंह र दिपक भारतीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4