+
+
Shares

वार्ता स्थलबाट प्रदीप पौडेलले भने- विशेष महाधिवेशनले कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १०:१६
फाइल तस्वीर

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो बताएका हुन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना भएपछि संस्थापन पक्षले यसलाई अवैधानिक भन्दै आएको छ ।

तर विशेष पक्षधरहरूले पार्टीको विधान अनुसार विशेष महाधिवेशन भइरहेको बताउँदै आएका छन् ।

दुवै पक्षले आ-आफ्नो अडान कायम राखेपछि मध्यमार्गी बाटोबाट सहमति खोज्न अहिले बालुवाटारमा वार्ता जारी छ ।

वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन् ।

सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन् ।

वार्ता जारी रहेकै समयमा विशेष महाधिवेशन पक्षधरबाट वार्तामा सहभागी भएका नेता पौडेलले एक्समा लेखेका छन्, ‘वाध्यात्मक परिस्थितिले सिर्जना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सहित नेपाली कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ । हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली कांग्रेसको पक्षमा छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?