+
+
Shares

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनको लागि उम्मेदवारले मनोनयन शुल्क बुझाउनुपर्ने भएको छ।
  • सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ बुझाउनुपर्ने केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले बताए।
  • उपसभापति र महामन्त्री पदका उम्मेदवारले २५ हजार, सहमहामन्त्रीले २० हजार र केन्द्रीय सदस्यले १० हजार रुपैयाँ बुझाउनुपर्ने केसीले जानकारी दिएका छन्।

२९ पुस काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदमा उम्मेदवारी दिनेले ३० हजार रुपैयाँ बुझाउनुपर्ने छ ।

त्यस्तै उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुक्ल बुझाउनुपर्छ ।

सहमहामन्त्रीका उम्मेदवारले २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्ने केसीले जानकारी दिएका छन् ।

 

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?