+
+
Shares

पार्टी एकता जोगाउन अधिकतम लचक हुन तयार छौं : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी एकता जोगाउन आफूहरू अधिकतम लचक हुन तयार रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी एकता जोगाउन अधिकतम लचक हुन तयार रहेको बताएका छन्।
  • केन्द्रीय समितिको बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता निधि र अन्य नेताहरू छलफलमा छन्।
  • विशेष महाधिवेशन पक्षधर गगनकुमार थापा र विश्वप्रकाश शर्मा केन्द्रीय समिति बैठकमा सहभागी हुने छैनन्।

२९ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी एकता जोगाउन आफूहरू अधिकतम लचक हुन तयार रहेको बताएका छन् ।

केन्द्रीय समितिको बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका निधिले विशेष महाधिवेशनपक्षधरको निर्णयको पर्खिरहेको र पार्टी जोगाउनुपर्छ भनेर छलफल गरिरहेकोब ताएका हुन् ।

उनले भने, ‘हामी अधिकतम लचकता अपनाउने गरी केन्द्रीय कार्यालयमा कुरिरहेका छौँ । वार्ता टोलीले ब्रिफिङ गरेपछि उपयुक्त निर्णय गर्नेछौँ ।’

दिउँसो १ बजेका लागि भनेर डाकिएको केन्द्रीय समिति बैठक अझै सुरु भएको छैन ।

नेताहरू कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, निधि, कृष्णप्रसाद सिटौलासहितका नेताहरू छलफलमा छन् । केन्द्रीय सदस्यहरू भने शीर्ष नेतालाई कुरेर बसिरहेका छन् ।

आजको बैठकमा विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू केन्द्रीय समिति बैठकमा सहभागी हुनेछैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?