News Summary
Generated by OK AI. Editorially reviewed.- र्यापर जी-बबले कपिलवस्तुको चन्द्रौटामा प्रस्तुति दिँदै स्पिकरको प्राविधिक समस्याका कारण कार्यक्रम बीचमै रोकिएको थियो।
- दर्शकले स्टेजमा ढुंगा र कुर्सी प्रहार गर्दा स्थिति नियन्त्रणबाट बाहिर गयो र जी-बबलाई सुरक्षा दिएर अन्तै लगिएको थियो।
- चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले १० हजार दर्शक उपस्थित रहेको र २५/३० वटा कुर्सी तोडफोड भएको बताए।
काठमाडौ । यतिबेला र्यापर जी-बब देशभित्रैको सांगीतिक टूरमा ब्यस्त छन् । केही दिनअघि उनले कैलालीको अत्तरियामा प्रस्तुति दिँदै युवा र किशोरवयका दर्शकलाई गाँजा नखान आग्रह गरेका थिए ।
उनको त्यो भिडियो पनि भाइरल बनिरहेको थियो । सोमबार उनले कपिलवस्तुको चन्द्रौटामा महोत्सवमा प्रस्तुति दिए । उनले केही समय आफ्ना प्रस्तुतिमार्फत दर्शकलाई नचाए ।
उनको प्रस्तुति भने बीचमै रोकियो । आयोजकले स्पिकरमा आएको समस्याको कारणले प्रस्तुति अवरुद्ध हुन पुगेको दाबी गरेका छन् । तर, दर्शक यत्तिकैमा सन्तुष्ट भएनन् अनि स्टेजमा ढुंगामुढा र कुर्सी प्रहार गर्न थाले ।
सामाजिक सञ्जालमा भाइरल भिडियोमा स्टेजमा ढुङ्गा हानिएको, कुर्सी फ्याँकिएको र ब्यानर च्यातिएको देख्न सकिन्छ ।

कार्यक्रमका होस्ट दीपु मगर स्पिकरको तारसँगको जडान छुट्टिएपछि प्रस्तुति रोकिन पुगेको बताउँछन् । स्पिकर बनाउँदा बनाउँदै दर्शकको हुलले स्टेजमा ढुंगामुढा गर्न थालेको उनले बताए ।
स्थिती नियन्त्रणबाट बाहिर गएपछि जी–बबलाई सुरक्षा दिएर अन्तै लगिएको थियो । कार्यक्रमपछि उनी अहिले भैरहवा हुँदै काठमाडौं फर्किसकेका छन् ।
चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले अपेक्षाभन्दा धेरै दर्शक आएको र प्राविधिक समस्या हुँदा यो स्थिती आएको दाबी गर्छन् । उनका अनुसार १० हजार दर्शक जी–बबको प्रस्तुति हेर्न त्यहाँ पुगेका थिए । ‘कुनै अप्रिय स्थिती हुन पाएन’ पाण्डेले भनेका छन् ।
उनले त्यहाँ २५/३० वटा कुर्सी तोडफोड भएको बताए ।
प्रतिक्रिया 4