+
+
Shares

भद्रपुरमा जहाजको ढोका खोल्न सहयोग गर्ने यात्रुलाई १ लाख नगदसहित बुद्धको सम्मान

कठिन परिस्थितिमा तामाङले देखाएको सहयोगप्रति आभार व्यक्त गरिएको समेत कम्पनीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुद्ध एयरले २ जनवरी २०२६ मा भद्रपुरमा दुर्घटनामा परेको जहाजबाट यात्रु उमेश मोक्तान तामाङलाई नगद १ लाखसहित सम्मान गरेको छ।
  • तामाङले जहाजको अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गरी अन्य यात्रुलाई सुरक्षित बाहिर निकाल्न मद्दत गरेका थिए।
  • कम्पनीले कठिन परिस्थितिमा देखाएको सहयोगप्रति आभार व्यक्त गर्दै भद्रपुरमा उनलाई सम्मान गरेको जनाएको छ।

२९ पुस, काठमाडौं । बुद्ध एयरले दुई साताअघि झापा भद्रपुरमा दुर्घटनामा परेको जहाजमा ढोका खोल्न मद्दत गरेका यात्रु उमेश मोक्तान तामाङलाई नगद १ लाखसहित सम्मान गरेको छ ।

२ जनवरी २०२६ मा काठमाडौंबाट भद्रपुर गएको उडान नम्बर ९०१ को जहाज दुर्घटनामा परेको थियो । कठिन परिस्थितिमा तामाङले देखाएको सहयोगप्रति आभार व्यक्त गरिएको समेत कम्पनीले जनाएको छ ।

उनले समयमै अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गरी अन्य यात्रुलाई सुरक्षित बाहिर निकाल्न सहयोग पुर्‍याएका थिए । महत्त्वपूर्ण भूमिकाको उच्च कदर गर्दै आज भद्रपुरमा उनलाई १ लाख नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?