News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं युरो स्कुलले न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत नुवाकोट, सूर्यगढी र लमजुङका करिब ७ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।
- विद्यालय अध्यक्ष प्रमोद पाण्डेले न्यानो कपडाले बालबालिकालाई चिसोबाट जोगाउने र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा मिलोस् भने।
- कार्यक्रममा अभिभावक, विद्यार्थी, बाल क्लब तथा शिक्षक–कर्मचारीको सक्रिय सहभागिता रहेको र विद्यालयले समाजसेवामूलक कार्यक्रम निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
२९ पुस, काठमाडौं । बढ्दो चिसोका कारण बालबालिकाको दैनिकी र शिक्षामा असर नपरोस् भन्ने सामाजिक दायित्वसाथ काठमाडौं युरो स्कुलले यस वर्ष पनि न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।
काठमाडौं युरो स्कुल परिवारको आयोजनामा नुवाकोट दुप्चेश्वर काउलेश्वरी माध्यमिक विद्यालय, सूर्यगढीस्थित कालिका माध्यमिक विद्यालय तथा लमजुङको पाणिनी माध्यमिक विद्यालयका करिब ७ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष प्रमोद पाण्डेले न्यानो कपडा वितरण गर्दै ‘यो न्यानोपनले बालबालिकालाई चिसोबाट जोगाउनुका साथै आत्मविश्वास र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा मिलोस्’ भन्ने सन्देश दिए ।
मानवीय अभियानमा काठमाडौं युरो स्कुलका अभिभावक, विद्यार्थी, बाल क्लब तथा शिक्षक–कर्मचारीको सक्रिय सहभागिता थियो । विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा करुणा, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्छ ।
काठमाडौं युरो स्कुलले शिक्षा सँगसँगै समाजसेवामूलक कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।
प्रतिक्रिया 4