+
+
Shares

रातभरिमा कुरा मिल्छ, पार्टी एक हुन्छ : श्यामकुमार घिमिरे

नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले नेताहरूबीच वार्ता जारी रहेको र त्यसले निष्कर्ष निकाल्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले नेताहरूबीच वार्ता जारी रहेको र त्यसले निष्कर्ष निकाल्ने बताएका छन्।
  • घिमिरेले नेताहरूबीच भएको छलफलको निष्कर्षबाट आगामी रणनीति तय गर्ने बताए।
  • केन्द्रीय समिति बैठक वार्ताको निष्कर्ष नआउँदा अहिलेसम्म बस्न सकेको छैन।

२९ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले नेताहरूबीच वार्ता जारी रहेको र त्यसले निष्कर्ष निकाल्ने बताएका छन् ।

मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले वार्ता सकारात्मक रुपमा अघि बढिरहेको बताएका हुन् ।

‘नेताहरूबीच वार्ता प्रक्रिया चलिरहेको छ । यसले केही आकार दिन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘सकारात्मक हुने कुरामा अहिले नै सबै कुरा नभनौं । सकारात्मक रुपमा नै अघि बढेको छ ।’

घिमिरेले नेताहरूबीच भएको छलफलको निष्कर्षबाट आगामी रणनीति तय गर्ने पनि बताए ।

‘आज रातभरिमा कुनै बिन्दुमा पुगेर भोलि एक भएर पार्टीअघि बढ्छ,’ उनले भने ।

त्यस्तै दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक अहिलेसम्म बस्न सकेको छैन ।

विशेष महाधिवेशन पक्षधर र वार्तामा बसेका नेताहरूबीच भएको छलफलको निष्कर्ष नआउँदा बैठक बस्न नसकेको उनको भनाइ छ ।

‘उताबाट केही निर्णय नआएका कारण अहिलेसम्म बैठक बस्न नसकेको हो,’ उनले भने, ‘उताबाट केही निर्णय आयो भने बैठक अहिले नै बस्छ, नभए भोलि बसेर हामी टुंग्याउँछौं ।’

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?