+
+
Shares

गुणस्तरहीन ‘रोयल आसाम’ ब्रान्डको चिया बजारबाट तत्काल फिर्ता गर्न निर्देशन

विशेषगरी २३ असोज २०८२ मा उत्पादन भएको ५ सय ग्राम तौलको रोयल आसाम चियामा गुणस्तरको कमी (न्यूनस्तर) को पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १३:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झापा भद्रपुरस्थित मोडर्न टी इन्डस्ट्रिज प्रालिद्वारा उत्पादित 'रोयल आसाम' ब्रान्डको चिया गुणस्तरहीन पाइएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
  • २३ असोज २०८२ मा उत्पादन भएको ५ सय ग्राम तौलको रोयल आसाम चियाको नमुना प्रयोगशालामा परीक्षण गर्दा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड नपाइएको विभागले जनाएको छ।
  • खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ को उपदफा अनुसार उक्त ब्याचका सबै चियाका प्याकेट बजारबाट फिर्ता गर्नुका साथै बिक्री वितरण नगर्न विभागले सचेत गराएको छ।

१ माघ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झापा भद्रपुरस्थित मोडर्न टी इन्डस्ट्रिज प्रालिद्वारा उत्पादित ‘रोयल आसाम’ ब्रान्डको चिया गुणस्तरहीन पाइएपछि बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ ।

विभागले सूचना जारी गर्दै बजार अनुगमन क्रममा संकलन गरिएको उक्त चियाको नमुना प्रयोगशालामा परीक्षण गर्दा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड बमोजिम नपाइएकाले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो ।

विशेषगरी २३ असोज २०८२ मा उत्पादन भएको ५ सय ग्राम तौलको रोयल आसाम चिया, जसको ब्याच नम्बर डब्लुसी३३०पी रहेको छ, त्यसमा गुणस्तरको कमी (न्यूनस्तर) को पाइएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ को उपदफा (२) मा भएको कानुनी प्रावधान अनुसार उक्त ब्याचका सबै चियाका प्याकेट बजारबाट तत्काल फिर्ता गर्नुका साथै ऐनको सोही दफाको उपदफा (४) बमोजिम उक्त उत्पादनको बिक्री वितरण नगर्न र नगराउन समेत विभागले सम्बन्धित सबैलाई सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?