+
+
Shares

सुनचाँदीको भाउ फेरि बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते ११:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँ बढेर २ लाख ७७ हजार २ सय रुपैयाँ पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सो भाउ तोकेको हो र अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो।
  • चाँदीको भाउ पनि १६० रुपैयाँ बढेर ५ हजार ६४५ रुपैयाँ पुगेको छ।

२ माघ, काठमाडौं । अघिल्लो दिन घटेको सुनचाँदी भाउ शुक्रबार फेरि बढेको छ । सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी तोलामा १६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६४५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ गत बुधबार हालसम्मकै उच्च प्रतितोला ६ हजार ६५५ रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?