News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सामाजिक सञ्जाल र राष्ट्रिय झन्डाको दुरुपयोग बढेको भन्दै निर्वाचन आयोगले रोक्नुपर्ने बताएका छन्।
- उनले चुनावअघि कुनै नेता वा पार्टीलाई भोट दिने अभिव्यक्ति रोक्नुपर्ने र अग्रिम मतदाता बन्ने काम पनि रोक्नुपर्ने बताए।
- विश्वकर्माले राष्ट्रिय झन्डा जलाउने, मन्त्री र राष्ट्रपतिलाई आक्रमण गर्दा प्रयोग हुने दुरुपयोग रोक्न निर्वाचन आयोगले कदम चाल्नुपर्ने बताएका छन्।
२ माघ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सामाजिक सञ्जाल र राष्ट्रिय झन्डाको दुरुपयोग बढेको भन्दै निर्वाचन आयोगले रोक्नुपर्ने बताएका छन् ।
निर्वाचन आयोगमा आयोजित आचारसंहितासम्बन्धी छलफलमा आफ्नो धारणा राख्दै उनले चुनावअघि नै कुनै नेता/पार्टीलाई भोट दिन्छु भन्ने अभिव्यक्ति रोक्नुपर्ने पनि बताएका हुन् ।
‘पहिले पाखुराको दुरुपयोग भयो, बीचमा पैसाको भयो अहिले सूचना प्रविधिको दुरुपयोग बढिरहेको छ । यसलाई नियन्त्रण गर्ने क्षमता निर्वाचन आयोगले राख्नुपर्छ,’ उनले भने, ‘अर्को कुरा राष्ट्रिय झन्डाको दुरुपयोग पनि रोक्नुपर्छ । सिंहदरबार जलाउँदा, मन्त्रीलाई आक्रमण गर्न जाँदा पनि, राष्ट्रपतिलाई आक्रमण जाँदा पनि राष्ट्रिय झन्डा बोकेर गएको छ । राष्ट्रिय झन्डा बोकेर जानेलाई प्रहरीले लाठी हान्ने कि नहान्ने त ? राष्ट्रिय झन्डालाई निर्वाचनमा पनि प्रतिस्पर्धामा नल्याऔं ।’
त्यस्तै उनले अग्रिम मतदाता बन्ने काम पनि रोक्नुपर्ने बताए । उनले भने, ‘अग्रिम मतदाता बन्ने काम नगरौँ । यसपाली त म फलानालाई मत हाल्छु भन्न पाइँदैन । यसलाई आयोगले तत्काल रोकोस् ।’
प्रतिक्रिया 4