+
+
Shares

युवा पुस्तालाई चुनावमा जिताउनुपर्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक : वर्षमान

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १३:१७
फाइल तस्वीर

२ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ता (जेनजी) लाई निर्वाचनमा जिताउनुपर्छ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री कार्की तथा विभिन्न मन्त्रीहरूले सार्वजनिक भाषणमा यस्ता खालको अभिव्यक्ति दिनु आपत्तिजनक रहेको नेता पुनको भनाइ थियो ।

उनले निर्वाचनमा राज्यको शक्ति र स्रोतको दुरुपयोग हुन नदिने कुरामा पनि निर्वाचन आयोगलाई ध्यान दिन सुझाव दिए ।

शुक्रबार निर्वाचन आयोगको आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेता पुनले निर्वाचन आचारसंहिता अनुगमनका लागि भरपर्दो मेकानिजमको व्यवस्था गर्न पनि निर्वाचन आयोगलाई सुझाव दिए ।

उनले भने, ‘राज्य शक्ति, राज्यको स्रोत, साधनहरू दुरुपयोग नहोस यसमा असाध्यै ध्यान जाओस् निर्वाचन आयोगको । हामी बाहिरबाट सुनिरहेका छौं, प्रधानमन्त्री, मन्त्रीजीहरूको यस्तालाई जिताउनु पर्दछ भनेर भनेको । यस्तालाई हराउनु पर्छ भनेर भनेको भाषण सुनिरहेका छौँ । यसमा कसरी हेर्नुहुन्छ ? अहिले गैरदलीय सरकार छ । विभिन्न तहका सरकारहरू छन् । प्रदेश सरकार, स्थानीय सरकार । यसमा आचारसंहितामा राम्रोसँग राखिएको छ । तर यसको कार्यान्वयन हुन्छ कि हुँदैन ? यसमा निर्वाचन आयोगको भरपर्दो मेकानिज्म बनाउनु पर्ने हुन्छ । अर्को सूचना प्रविधि क्षेत्रको अनुगमन कसरी हुन्छ ।  त्यसमा पनि निर्वाचन आयोगको ध्यान दिनुपर्ने हुन्छ ।’

नेता पुनले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि सूचना प्रविधिको दुरुपयोग हुन नदिन पनि निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?