+
+
WC Series
Nepal Women
122/10 (20)
VS
२८ बलमा १० रन आवश्यक
Thailand Women
113/1 (15.2)
Shares

मधेशका पूर्वमुख्यमन्त्री सिंहले खोले ‘स्वाभिमान पार्टी’, सप्तरी-२ मा उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १०:१६

४ माघ, जनकपुरधाम । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मधेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नै पार्टी दर्ता गराएका छन् ।

उनले केही समयअघि आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएका हुन् । सोही पार्टीबाटै आफू सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न लागेको सिंहले बताए ।

यद्यपि उनको राम नेकपा एमालेले सोही क्षेत्रबाट उम्मेदवारको रुपमा गरेको छ । मुख्यमन्त्री सिंहले पहिलेदेखि कुराकानी भइरहेकोले एमालेले समर्थन गर्ने हिसाबले आफ्नो नाम उम्मेदवारको रुपमा राखेको हुनसक्ने बताए ।

‘हुन सक्छ सपोर्ट गर्ने हिसाबले मेरो नाम एमालेले राखेको हुन सक्छ । धेरै पार्टीबाट फोन समेत आयो’, उनले अनलाइनखबरसँग भने, ‘तर, मैले मधेशवादी दल आफैं खोलेर त्यसबाट चुनाव लड्ने तयारी गरेको हुँ ।’

उनी गत २०७९ को निर्वाचनमा क्षेत्र नम्बर २ (क) बाट जनमतबाट चुनाल लडेर जितेका थिए । उनलाई जनमतले मधेश प्रदेश सभामा अर्थ समितिका सभापति र पछि मुख्यमन्त्री समेत बनाएको थियो ।

जेनजी आन्दोलनको क्रममा जनमतका केन्द्रीय अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनी फेसबुकमा राजीनामा दिएका थिए । तर, पछि कुरा फेरेपछि जनमतले नै समर्थन फिर्ता लिएपछि विवादित बनेका थिए । त्यसबेलादेखि पार्टीभित्र उनको कुरा मिलेको थिएन ।

जसपाका निवर्तमान प्रतिनिधि सांसद रहेका नवल किशोर शाहका छोरा सुमितकुमार शाहसँग मिलेर पार्टी खोलेको सिंहले बताए । सप्तरी क्षेत्र नम्बर १ बाट साह उम्मेदवार बन्ने तयारी रहेको उनको भनाइ छ ।

उम्मेदवारको लागि सिंहले आजै मधेश प्रदेश सभामा सांसद पदबाट राजिनामा बुझाउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?