+
+
Shares

३४ वर्षपछि डडेलधुरामा फेरिए कांग्रेस उम्मेदवार, देउवाको ठाउँमा नैनसिंह महर

२०४८ साल देखि डडेलधुरामा कांग्रेसका एउटै उम्मेदवार शेरबहादुर देउवा रहँदै आएका थिए । उनले सबै निर्वाचन जित्दै आएका थिए ।  ३४ वर्षपछि डडेलधुरामा कांग्रेसका उम्मेदवार बदलिएका हुन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते ९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डडेलधुरामा कांग्रेसले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नलड्ने भएपछि नैनसिंह महरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • कांग्रेस संसदीय बोर्डको बैठकले महरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
  • २०४८ सालदेखि डडेलधुरामा कांग्रेसको उम्मेदवार शेरबहादुर देउवा मात्रै थिए, ३४ वर्षपछि उम्मेदवार परिवर्तन भएको छ।

६ माघ, काठमाडौं ।  डडेलधुरामा कांग्रेसका नैनसिंह महर उम्मेदवार बन्ने भएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटकबाट चुनाव नलड्ने भएपछि महरले टिकट पाएका हुन् । कांग्रेस संसदीय बोर्डको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

महर कांग्रेसमा देउवा पक्षकै नेता हुन् । महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी निरवर्तमान केन्द्रीय सदस्य पनि हुन् ।

२०४८ साल देखि डडेलधुरामा कांग्रेसको एउटै उम्मेदवार शेरबहादुर देउवा रहँदै आएका थिए । उनले सबै निर्वाचन जित्दै आएका थिए ।   ३४ वर्षपछि डडेलधुरामा कांग्रेसका उम्मेदवार बदलिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?