News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लब र चित्लाङ एफसीले १-१ गोलको बराबरी खेलेका छन्।
- खेलको ४१औं मिनेटमा म्याथ्यु बाबतुन्देले गोल गर्दै चित्लाङलाई अग्रता दिलाएका थिए।
- ८७औं मिनेटमा लच्छुमनको आत्मघाती गोलपछि पुलिसले हारबाट जोगिएको छ।
६ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लब र चित्लाङ एफसीले बराबरी खेलेका छन् । मंगलबार एन्फा कम्प्लेक्समा भएको पुलिस र चित्लाङले १-१ गोलको बराबरी खेलेका हुन् ।
खेलको ४१औं मिनेटमा म्याथ्यु बाबतुन्देले गोल गर्दै चित्लाङलाई अग्रता दिलाएका थिए । ८७औं मिनेटमा चित्लाङमा लच्छुमनबाट आत्मघाती गोल भएपछि पुलिस हारबाट जोगियो ।
लिगअन्तर्गत यसपछि दिउँसो ३ बजे प्लानिङ ब्वाइज र त्रिभुवन आर्मी क्लबबीच एन्फा कम्प्लेक्समा नै खेल हुनेछ ।
प्रतिक्रिया 4