+
+
Shares

धरानका दृष्टिविहिन विद्यार्थीमाझ सन्दीप क्षेत्री : कमेडीसँगै सुनाए प्रेरणादायी कुरा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:४४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन्दीप क्षेत्रीले धरानस्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका ७० दृष्टिविहिन विद्यार्थीका लागि मोटिभेसनसहितको लाफ्टर सेसन चलाए।
  • सेयरिङ ह्याप्पिनेस फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा २०० जनाभन्दा बढी विद्यार्थी र अभिभावक सहभागी थिए।
  • संस्थाका राज श्रेष्ठले दृष्टिविहिन विद्यार्थीलाई जीवनप्रति आशावादी र आत्मबलसहित अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

काठमाडौं । चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्री कमेडीसँगै आफ्नो सामाजिक र दयालु छविको कारणले पनि प्रशंसकमाझ परिचित छन् । उनले बेला–बेलामा हाँस्य कलालाई प्रेरणादायी कार्यको लागि प्रयोग गर्छन् ।

मंगलबार उनले धरानका दृष्टिविहिन विद्यार्थीको लागि ‘मोटिभेसनसहितको लाफ्टर सेसन’ चलाए । त्यहाँस्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका ७० जना दृष्टिविहिन विद्यार्थीले उक्त सत्रमा सन्दीपबाट मनोरञ्जनसँगै प्रेरणा र आशावादीका कुरा सिके र सुने ।

सन्दीपलाई सुन्न ती विद्यार्थी अभिभावकसहित सहभागी थिए । कूल सहभागी संख्या २०० जनाभन्दा धेरै थिए ।

‘सन्दीप क्षेत्री फर स्पेसल चाइल्ड्स’ नाम दिइएको उक्त कार्यक्रमलाई सेयरिङ ह्याप्पिनेस फाउन्डेसनले आयोजना गरेको हो । संस्थाका राज श्रेष्ठका अनुसार दृष्टिविहिन विद्यार्थीलाई जीवनप्रति आशावादी र आत्मबलसहित अघि बढाउने उद्देश्यले सन्दीपसहित लाफ्टर सेसन चलाइएको बताए ।

पछिल्लो समय निकै ब्यस्त कमेडियन क्षेत्री देश तथा विदेशमा निकै रुचाइने हास्यकलाकारमध्ये पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?