+

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेको राजीनामा स्वीकृत हुँदै, निमित्त पठाउने तयारी

२०८२ माघ  ६ गते १४:११ २०८२ माघ ६ गते १४:११

पछिल्लो समय डा. काफ्ले र स्वास्थ्यमन्त्री डा. सुधा शर्माबीच टकराव बढ्दै गएको थियो ।

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेको राजीनामा स्वीकृत हुँदै, निमित्त पठाउने तयारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लले पदबाट राजीनामा दिएका छन् र स्वीकृतिको प्रक्रियामा छ।

६ माघ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लले पदबाट राजीनामा दिएसँगै सरकारले बोर्डमा अर्क‍ा व्यक्तिलाई पठाउने तयारी गरेको छ । डा.काफ्लेको राजीनामा मन्त्रालयमा दर्ता भइसकेको र हाल स्वीकृतिको प्रक्रियामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

‘राजीनामा आएको छ, अहिले स्वीकृतिको प्रक्रियामै छ,’ मन्त्रालय स्रोतले भन्यो ।

उक्त राजीनामा पत्र मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यलयमा जानुपर्ने हुन्छ । मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय गर्छ । बोर्डले सेवाप्रयादयक स्वास्थ्य संस्थालाई असोजमसान्तसम्म ११ अर्ब दिन बाँकी छ । तर अर्थ र स्वास्थ्य मन्त्रालयले सहयोग नगरेपछि डा. काफ्लले पदबाट राजीनामा दिएका थिए ।

पछिल्लो समय डा. काफ्ले र स्वास्थ्यमन्त्री डा. सुधा शर्माबीच टकराव बढ्दै गएको थियो । मन्त्रालय स्रोतका अनुसार निर्देशकले सार्वजनिक रूपमा मन्त्रालयले असहयोग गरेको अभिव्यक्ति दिएपछि डा. काफ्लेसँग स्पष्टीकरण माग गर्नेसम्मको तयारी थालेको थियो । तर मन्त्रालयले स्पटीकरण माग्न नपाउँदै डा. काफ्लले स्वास्थ्य मन्त्रालयमा राजीनामा पठाए ।

अब निर्देशकको राजीनामा स्वीकृत भएपछि बीमा बोर्डको नेतृत्वका विषयमा औपचारिक प्रक्रिया अघि बढाइने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । एक दुई दिनमै महाशाखाका प्रमुखलाई जिम्मेवारी दिएर पठाउने सम्भावना रहेको स्रोतको भनाइ छ ।

‘राजीनामा स्वीकृत भएपछि मन्त्रालयबाटै प्रक्रिया अनुसार निर्णय हुन्छ’ ’ मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रालयले कुनै महाशाखाका प्रमुखलाई जिम्मेवारी दिएको यसअघिका उदाहरण छन्, अहिले पनि यस्तै हुन्छ ।’

स्वास्थ्य बीमा बोर्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पूर्वस्वास्थ्यमन्त्रीहरू, को कहाँबाट लड्दैछन् चुनाव ?

पूर्वस्वास्थ्यमन्त्रीहरू, को कहाँबाट लड्दैछन् चुनाव ?

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेको राजीनामा स्वीकृत हुँदै, निमित्त पठाउने तयारी

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेको राजीनामा स्वीकृत हुँदै, निमित्त पठाउने तयारी

औषधिको खोलमा किन हुन्छ रातो धर्का ? निर्देशन पालना नगर्नु खतरनाक

औषधिको खोलमा किन हुन्छ रातो धर्का ? निर्देशन पालना नगर्नु खतरनाक

के पिसाबमा फिँज देखिनु कुनै रोगको संकेत हो ?

के पिसाबमा फिँज देखिनु कुनै रोगको संकेत हो ?

गर्भावस्थामा किन आवश्यक छ पतिको साथ ?

गर्भावस्थामा किन आवश्यक छ पतिको साथ ?

के हो ‘होम कलेक्सन ?’ कतिको भरपर्दो हुन्छ ?

के हो ‘होम कलेक्सन ?’ कतिको भरपर्दो हुन्छ ?