+
+
Shares

‘ऊनको स्वीटर’ युट्युबमा आउने, कुन मितिमा आउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'ऊनको स्वीटर' बिहीबार ८ माघमा निर्माता कम्पनी आर्टमाण्डूको युट्युब च्यानलमा रिलिज हुने भएको छ।
  • 'ऊनको स्वीटर' ले चलचित्र विकास बोर्डको आधिकारिक बक्सअफिसमा १० करोड ६२ लाख रुपैयाँ ग्रस कमाएको छ।
  • फिल्ममा विपिन कार्की र मिरूना मगरको मुख्य भूमिका छ र यो भारतमा डेढ करोड भारु कमाएको छ।

काठमाडौं । विपिन कार्की र मिरूना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा रिलिज हुने भएको छ । निर्देशक नवीन चौहानले सामाजिक सञ्जालमार्फत फिल्म युट्युबमा आउने बताएका छन् ।

उनका अनुसार, यो फिल्म बिहीबार (८ माघ) मा युट्युबमा आउनेछ । दर्शकले निर्माता कम्पनी आर्टमाण्डूको युट्युब च्यानलमा फिल्म हेर्न सक्ने जानकारी उनले गराएका छन् ।

अभिनीत सुपरहिट नेपाली फिल्म ’ऊनको स्वीटर’ अब युट्युबमा सार्वजनिक हुने भएको छ।

यो फिल्म २६ बैशाखमा हलमा रिलिज भएको थियो । चलचित्र विकास बोर्डको आधिकारिक बक्सअफिसमा यो फिल्मले १० करोड ६२ लाख नेरु ग्रस कमाएको छ । निर्माताको दाबी १२ करोड ग्रस छ ।

यो फिल्मले भारतमा मात्र डेढकरोड भारु कमाएको विवरण हालै बाहिर आएको थियो । सुन्दर र सरल प्रेमकथामा आधारित यो फिल्ममा विपिन र मिरुनाको शीर्ष भूमिका छ ।

सुनील पोखरेल, माओत्से गुरूङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परिक्षा लिम्बु, सुरज तमु, शारदा देवी सिलवाल, मेनुका प्रधानलगायतको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?