News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभरि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ।
- आज सेयर बजार ४२.२६ अंकले बढेर २७१४.८१ बिन्दुमा पुगेको छ, जुन १.५८ प्रतिशत वृद्धि हो।
- आज होटल र पर्यटन उपसूचकमा ३.३६ प्रतिशत वृद्धि भएको छ र कारोबार रकम ११ अर्ब ८५ करोड नाघेको छ।
६ माघ, काठमाडौं । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभरि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ । निर्वाचन सम्पन्न हुने र त्यसले स्थिरता ल्याउने अपेक्षामा सेयर बजार लगानीकर्ता रहेको आजको सेयर बजारले संकेत गरेको छ ।
आज मंगलबार ४२.२६ अंकले बढेको बजार २७१४.८१ बिन्दुमा उक्लिएको छ । जुन १.५८ प्रतिशतको वृद्धि हो । आज सबै उपसूचकमा हरियाली देखियो ।
सबैभन्दा धेरै (३.३६ प्रतिशत) होटल र पर्यटन उपसूचकका लगानीकर्ताले कमाएका छन् । मंगलबार कुल ३ सय ३९ धितोपत्रको १ लाख १५ हजार १ सय ८१ कारोबारबाट २ करोड ५१ लाख ८५ हजार ६ सय ४७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम समेत ११ अर्ब ८५ करोड नाघेको छ ।
मंगलबार सबैभन्दा धेरै गुर्खाज फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ । यसबाहेक आँखुखोला जलविद्युत् कम्पनी, राप्ती हाइड्रो, नेसनल हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट जस्ता धितोपत्रको मूल्य धेरैले बढेको छ ।
आज सबैभन्दा धेरै घाटा भने एसबीएल डिबेन्चरका लगानीकर्ताले बेहोरेका छन् । यो धितोपत्रको मूल्य ४.२३ प्रतिशतले घटेको छ । प्राइभ डिबेन्चर, सुपरमादी हाइड्रो, सामलिङ पावर सहित धितोपत्रको मूल्यसमेत धेरैले घटेको देखिएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ ।
प्रतिक्रिया 4