६ माघ, काठमाडौं । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २५४ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँको क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै जनाले उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र १ मा मात्रै ३० जनाको उम्मेदवारी दर्ता भएको हो ।
काठमाडौं जिल्ला निर्वाचन कार्यालयका अनुसार १० वटै क्षेत्रमा उत्साहजनकरुपमा मनोनयन भएको छ । ‘शान्तिपूर्ण र उत्साहजनरुपमा मनोनयनको काम भयो,’ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले भने ।
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि आज मंगलबार देशैभर उम्मेदवारी दर्ताको काम सम्पन्न भएको छ ।
काठमाडौंको कुन निर्वाचन क्षेत्रमा कति उम्मेदवार ?
काठमाडौं १ –३०
काठमाडौं २– २२
काठमाडौं ३–२४
काठमाडौं ४–२८
काठमाडौं ५–२६
काठमाडौं ६–२२
काठमाडौं ७–२८
काठमाडौं ८–२२
काठमाडौं ९–२६
काठमाडौं १०–२६
प्रतिक्रिया 4