८ पुस, ओखलढुंगा । यौनिक तथा लैंगिक अल्पसंख्यक पिंकी राई चुनावी मैदानमा छिन् । उनी समावेशी समाजवादी पार्टीबाट उम्मेदवार बनेकी हुन् ।
उनको उम्मेदवारीले जिल्लामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्वलाई नेतृत्व गर्ने अवसरका रूपमा हेरिएको छ ।
लामो समयदेखि बहिष्करण र विभेद् भोग्दै आएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आवाज संसद्मा पुर्याउने उद्देश्यले आफू चुनावी मैदानमा होमिएको राईको भनाइ छ ।
राईको उम्मेदवारीलाई समावेशी र प्रतिनिधिमूलक राजनीतितर्फको महत्त्वपूर्ण कदमका रूपमा लिन सकिन्छ ।
समावेशी समाजवादी पार्टीले देशभरका छ वटा निर्वाचन क्षेत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4