+
+
Shares

आज पश्चिम नेपालमा वर्षा र हिमपात हुने, स्वास्थ्यको ख्याल गर्न सुझाव

शुक्रबारको तुलनामा शनिबार मौसममा केही सुधार हुनेछ । तर बदलीको असर देशभर देखिने र चिसो बढ्ने भएकाले स्वास्थ्यको ख्याल गर्न मौसमविदले सुझाव दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते ७:११
आज माघ ९ गते शुक्रबार रातिसम्मको सम्भावित मौसमी अवस्था । फोटो : जल तथा मौसम विज्ञान विभाग

९ माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावले आज पश्चिम नेपालका भूभागमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने मौसमविदले बताएका छन् ।

सुदूरपश्चिमदेखि गण्डकीसम्म मध्यम वर्षा हुने सम्भावना छ भने बागमती र कोशीका केही ठाउँमा हल्का वर्षाको प्रक्षेपण छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार माघ ९ गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने छ । त्यसपछि आज साँझपख सुदूरपश्चिम क्षेत्रका थोरै स्थानमा हल्का वर्षा सुरु हुने छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित मध्यम वर्षा हुने उनले जानकारी दिए ।

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित असिना पर्ने सम्भावना पनि रहेको ढकालले बताए ।

शुक्रबार राति भने देशैभरका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा मध्यमसम्म हिमपातको सम्भावना छ ।

शुक्रबारको तुलनामा शनिबार मौसममा केही सुधार हुनेछ । तर बदलीको असर देशभर देखिने र चिसो बढ्ने भएकाले स्वास्थ्यको ख्याल गर्न मौसमविदले सुझाव दिएका छन् ।

साथै वर्षा र हिमपातले जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन पनि सुझाव दिएका छन् ।

यो यस वर्षको हिउँदयामको पहिलो माघे झरी हो । लामो खडेरीपछिको वर्षा र हिमपातले बालीनालीलाई फाइदा हुने कृषिविज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?