२० माघ, हेटौंडा । मकवानपुरमा एक चितुवा मृत फेला परेको छ । थाहा नगरपालिका–९ चित्लाङको महालक्ष्मी खोला किनारमा पोथी चितुवा मृत फेला परेको हो ।
इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार मृत चितुवा ३९ केजी तौलको छ । एक सय ७० सेन्टिमिटर लामो सो चितुवा करिब ४ वर्षको भएको अनुमान गरिएको छ ।
मुखबाट रगत बगेको अवस्थामा भेटिएको चितुवाको मृत्युको कारण खुलेको छैन ।
सो चितुवालाई मार्गिन सामुदायिक वन उपभोक्ता समूह, स्थानीय जनप्रतिनिधि लगायतको रोहवरमा चित्लाङस्थित गोदाम चौरमा व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4