+
+
Shares

ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते २१:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
  • नियन्त्रणमा लिएका व्यक्ति दोलखाको भीमेश्वर नगरपालिका, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका र सुनसरीको धरान उपमहानगरपालिकाका हुन्।
  • सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जानकारी दिनुभयो।

२० माघ, ललितपुर । सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले दोलखाको भीमेश्वर नगरपालिका – ९ घर भई ललितपुर बस्ने २२ वर्षीय सुमन तामाङ, रौतहटको ला चन्द्रनिगाहपुर नगरपालिका घर भई ललितपुर बस्ने २२ वर्षीय सुशील स्याङ्तान र सुनसरीको धरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राईलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरूलाइ पेस्तोलसहित थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?