+
+
Shares

नयाँ संसद् भवन परिसरमा जेनजी शहीदका शालिक निर्माण हुने

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते ८:१८

२१ माघ, काठमाडौं । सिंहदरबारभित्र निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण हुने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकपछि गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले भने, ‘निर्माणाधिन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्नेगरी सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्न स्वीकृति दिने निर्णय गरियो ।’

भ्रष्टाचार र सुशासनको मागसहित गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताका युवाहरूको प्रदर्शनको क्रममा ७६ जनाको मृत्यु भएको थियो । तीमध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको थियो ।

नयाँबानेश्वरस्थित संसद भवनमा समेत आगजनी भएकाले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवनलाई आगामी फागुन २१ गते हुने निर्वाचनपछि प्रयोग गर्ने तयारी भइरहेको छ ।

हेर्नुहाेस् जेनजी शहीदकाे सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?