+

डेल स्टेनको ट्‍वीटबारे के भन्छन् नन्दन ?

२०८२ माघ  २५ गते २१:५५ २०८२ माघ २५ गते २१:५५
डेल स्टेनको ट्‍वीटबारे के भन्छन् नन्दन ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य नन्दन यादवले डेल स्टेनले नेपाली क्रिकेटसँग जोडेर ट्वीट गर्नु विशेष कुरा भएको बताउनुभयो।
  • डेल स्टेनले नेपालले प्रस्ताव गरे आफू काम गर्न तयार रहेको ट्वीट गरेका थिए, जुन क्यान व्यवस्थापनले हेर्ने विषय हो।
  • नन्दनले इंग्ल्यान्डविरुद्ध टी-२० विश्वकपमा डेब्यू गर्दै ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए।

२५ माघ, मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य नन्दन यादवले दक्षिण अफ्रिकी महान पेस बलर डेल स्टेनले नेपाली क्रिकेटसँग जोडेर ट्वीट गर्नु विशेष कुरा भएको बताएका छन् ।

आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङका बावजुद पनि ४ रनले पराजित भएपछि स्टेनले ट्वीट गर्दै यदि नेपालले प्रस्ताव गरे आफू काम गर्न तयार रहेको बताएका थिए ।

यस विषयमा नन्दनलाई पोस्ट म्याच कन्फेरेन्समा पत्रकारले प्रश्न पनि सोधेका थिए । त्यसमा नन्दनले जवाफ दिँदै यो विशेष भएको बताएका हुन् ।

‘यो हाम्रो लागि निकै ठूलो कुरा हो । कुनै महान खेलाडी, जसले १० वर्षसम्म क्रिकेटमा राज गरे, उनले यसरी हाम्रो बारेमा ट्विट गर्नु आफैंमा विशेष कुरा हो’ नन्दनले भने, ‘तर हामीले उहाँलाई सिधै प्रस्ताव गर्न सक्दैनौं । यो क्यान व्यवस्थापनले हेर्ने हो । सायद सकिएला पनि, तर यो विषयमा कसरी जवाफ दिने भन्ने कुरा मलाई पनि थाहा छैन ’

नन्दनले इंग्लयान्डविरुद्ध खेलबाटै टी-२० विश्वकपमा डेब्यू पनि गरे । उनी पछिल्लो समय नेपाली टिमको नियमित सदस्यको रुपमा खेलिरहेका छन् र विश्वकप खेल्ने टोलीमा पनि स्थान बनाउँदै पहिलो रोजाइमा खेल्ने अवसर पाए ।

नन्दनले इंग्ल्यान्डविरुद्ध ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए ।

स्टेन मात्र नभएर नेपाली टिम र खेलाडीको प्रदर्शनबारे अन्तर्राष्ट्रिय दिग्गज खेलाडीहरूले पनि प्रंशसा गर्दै ट्वीट गरेका थिए । मुम्बईको वानखेडे स्टेडियममा नेपालको प्रदर्शनबाट भारतीय क्रिकेट समर्थकहरू पनि निकै प्रभावित देखिएका थिए ।

उनीहरू पनि नेपालले निकै राम्रो खेलेको र इंग्लयाण्डलाई टक्क दिएको बताइरहेका थिए । एक समर्थक भन्दै थिए ‘नेपालले खेल जितेको भए अझ धेरै राम्रो हुन्थ्यो ।’

डेल स्टेन नन्दन यादव

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय