+

इन्जुरी समयमा हालान्डको पेनाल्टी गोल, लिभरपुलमाथि सिटीको जित

२०८२ माघ  २६ गते ०:३७ २०८२ माघ २६ गते ०:३७
इन्जुरी समयमा हालान्डको पेनाल्टी गोल, लिभरपुलमाथि सिटीको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले लिभरपुललाई २-१ गोलअन्तरले पराजित गरेको छ।
  • खेलको इन्जुरी समयमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत निर्णायक गोल गरे।
  • सिटीको २५ खेलमा ५० अंक हुँदा आर्सनलको ५६ अंक छ र लिभरपुल छैटौं स्थानमा छ।

२५ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लिभरपुलमाथि पुनरागमन जित हासिल गरेको छ ।

सिटीले लिभरपुललाई उसैको मैदानमा २-१ गोलअन्तरले पराजित गरेको हो । खेलको उत्तरार्द्धतिर सबै गोल भएका थिए ।

लिभरपुलले ७४औं मिनेटमा डोमिनिक सोबोस्लाइको गोलमार्फत अग्रता लिएको थियो । ८४औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

इन्जुरी समयको तेस्रो मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई जित दिलाए ।

लामो समय चलेको इन्जुरी समयको १३औं मिनेमा सोबोस्लाइले रातो कार्ड समेत पाएका थिए ।

जितपछि सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदूरी घटाएको छ । सिटीको २५ खेलमा ५० अंक छ । शीर्षस्थानको आर्सनलको ५६ अंक छ ।

पराजित लिभरपुल ३९ अंक जोडेर छैटौं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग म्यान्चेस्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय