२७ माघ, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य बालकिशोर यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
मंगलबार बोदेबरसाईनस्थित रास्वपाको पार्टी कार्यालय मा आयोजित कार्यक्रममा यादवसहितले पार्टी प्रवेश गरेका हुन् ।
उनीहरूलाई रास्वपा सप्तरी क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा उम्मेदवार सिताराम साह तथा जेनजी अगुवा तथा रास्वपाका केन्द्रीय सदस्य पुरूषोत्तम यादवले पार्टीमा स्वागत गरे ।
यादव २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर–४ बाट जसपाका उम्मेदवार थिए । सो निर्वाचनमा नेपाली कांग्रेसका तेजुलाल चौधरी २३ हजार ४ सय ९१ मत ल्याएर विजयी भएका थिए भने यादवले १७ हजार ९ सय ७७ मत प्राप्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4