+

टी-२० विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित

२०८२ माघ  २७ गते २३:३६ २०८२ माघ २७ गते २३:३६
टी-२० विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा अमेरिकालाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।
  • पाकिस्तानले समूह ए मा ४ अंकसहित शीर्ष स्थान कायम गरेको छ भने अमेरिका लगातार दोस्रो खेल हारेको छ।
  • पाकिस्तानका ओपनर साहीबजादा फरहानले ७३ रन बनाए भने अमेरिका स्याडली भान स्यालवाएकले ४ विकेट लिए।

२७ माघ, मुम्बई । पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा अमेरिकालाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

समूह ए मा लगातार दुई खेल जितेर ४ अंकसहित पाकिस्तान शीर्ष स्थानमा छ । पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।

अमेरिकाको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा अमेरिका सहआयोजक भारतसँग पराजित भएको थियो ।

कोलोम्बोस्थित सिन्हालेस स्पोर्ट्स क्लब (एसएससी) ग्राउण्डमा भएको खेलमा पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।

शुभम रन्जानेको अर्धशतक तथा शायन जहागिरको ४९ रन बनाएपनि अमेरिकाले जितसम्म पुग्न सकेन ।

अमेरिका लागि रन्जानले ३० बलमा ३ चौका र३ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन बनाए । ओपनर जहांगिरले ३४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४९ रन बनाएर आउट भए ।

मिलिन्द कुमारले २२ बलमा २९ तथा ओपनर विकेटकिपर आन्द्रेस गौसले १३ बलमा १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

पाकिस्तानका लागि उस्मान तारिकले ३, शदाब खानले २ तथा शाहिन साह अफ्रिदी, अब्रार अहमद र मोहम्मद नवाजले समान १ विकेट लए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । पाकिस्तानका ओपनर साहीबजादा फरहानले ४१ बलमा ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ७३ रन जोडे ।

यस्तै बाबर अजामले ३२ बलमा ४ चौका १ छक्का प्रहार गर्दै ४६ रन बनाए । शदाब खानले १२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडे ।

अमेरिका स्याडली भान स्यालवाएकले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । उनले लगातार दोस्रो खेलमा ४ विकेट लिएका हुन् । यसअघि भारत विरुद्ध पनि स्याडलीले ४ विकेट लिएका थिए । उनी दुई खेलबाट ८ विकेटसहित सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन् ।

पाकिस्तानबाट टेस्ट र ओडिआई खेलिसकेका एहसान आदिलले पाकिस्तान विरुद्ध नै टी-२० विश्वकपमा खेल्दै अमेरिकाको लागि डेब्यू गरे । तर उनले ३ ओभरमा ३९ रन खर्चेर पनि विकेट लिन सकेनन् ।

जेसी सिंह घाइते हुँदै बाहिरिएपछि उनको स्थानमा एहसान आदिलले टिममा स्थान बनाउँदै खेलेका हुन् ।

टी-२० विश्वकप २०२६ पाकिस्तान क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय