+
+
Shares

‘लालीबजार’ १८ बैशाखमा आउने, टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते ९:१२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘लालीबजार’ को प्रदर्शन मिति १८ बैशाख २०८३ मा तय भएको छ।
  • फिल्म बर्दियाको राजापुरमा छायांकन गरिएको छ र स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ लगायत कलाकारको अभिनय छ।
  • यम थापाको निर्देशनमा बनेको फिल्मको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले तयार गरेका हुन्।

काठमाडौं । षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले बुधबार टिजर सार्वजनिक गर्दै यो फिल्म १८ बैशाख, २०८३ मा ल्याउने घोषणा गरेका हुन् ।

बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा र संवाद निर्देशक थापा र कार्यकारी निर्माता प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।

अभिनेत्री खड्काको नियमित भन्दा फरक भूमिकाले ‘लालीबजार’ प्रति दर्शकको उत्सुकता बढिरहेको छ । फिल्ममा कार्यकारी निर्माता पटकथा लेखक समेत रहेका भट्टराई छन् भने म्याक्स दीपेश खत्री र बानियाँ निर्माता हुन् ।

क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुसन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिस फागो, भीएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपुत, खेम सेन्चुरी र जयन जे वाइवाको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?