News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी-२० विश्वकप २०२६ मा स्कटल्यान्डविरुद्ध नेपालले ७ विकेटको जित हात पारेको छ।
- उपकप्तान दीपेन्द्र सिंह ऐरीले यो जित १२ वर्षपछि आएको महत्वपूर्ण सफलता भएको बताउनुभयो।
- दीपेन्द्रले अविजित ५० रन बनाएर म्यान अफ द म्याच भए र लगातार दुई खेलमा अर्धशतक प्रहार गर्न सफल भए।
५ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ मा स्कटल्यान्डविरुद्ध जित निकालेपछि नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले यो जित महत्वपूर्ण भएको बताएका छन् ।
नेपाललाई १२ वर्षपछि टी-२० विश्वकपमा जित दिलाउन अर्धशतक प्रहार गरेका दीपेन्द्र खेलको म्यान अफ द म्याच समेत भए । खेलपछि कुरा गर्दै उनले जितबारे बोलेका हुन् ।
‘समर्थकलाई धन्यवाद । पछिल्लो विश्वकपमा हामीले एक खेल पनि जितेका थिएनौं। त्यसैले यो जित हाम्रो लागि धेरै महत्वपूर्ण छ’ दीपेन्द्रले खेलपछि लाइभ ब्रोडकास्टरसँग भने, ‘इंग्ल्यान्डसँगको खेल हाम्रो लागि सिकाई अनि अनुभव थियो । यो हाम्रो लागि राम्रो हो।’
स्कटल्यान्डविरुद्ध दीपेन्द्रले अविजित ५० रन बनाएपछि नेपालले ७ विकेटको जित हात पारेको हो । नेपालले टी-२० विश्वकपमा १२ वर्षपछि पहिलो जित निकाल्दा दीपेन्द्रले कीर्तिमानी अर्धशतक हाने । उनले लगातार दुई खेलमा अर्धशतक प्रहार गरेका हुन् ।
दीपेन्द्रले यसअघि वेस्ट इन्डिज विरुद्ध पनि अर्धशतक (५८ रन) बनाएका थिए । उनी १२ वर्षपछि टी-२० विश्वकपमा अर्धशतक प्रहार गर्ने खेलाडी पनि हुन् । यस्तै वेस्ट इन्डिजविरुद्धको ५८ रन टी-२० विश्वकपमा नेपालका लागि व्यक्तिगत उच्च स्कोर पनि हो ।
दीपेन्द्र टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले यस संस्करणमा चार खेलमा दुई अर्धशतकसहित १६९ रन बनाएका छन् ।
यो खेल सकिँदासम्म दीपेन्द्र सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् । पहिलो स्थानका टिम सेफर्ट (१७३) भन्दा उनी ४ रन मात्र पछाडि छन् ।
प्रतिक्रिया 4