+
टी-२० विश्वकप २०२६ :

वानखेडे स्टेडियममा जितको उल्लास (तस्वीरहरू)

२०८२ फागुन  ६ गते १:१७ २०८२ फागुन ६ गते १:१७

समूह चरणका सुरुवाती तीन खेलमा पराजित भएपनि नेपालले अन्तिम खेलमा स्कटल्यान्डमाथि ७ विकेटको शानदार जित निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गर्‍यो ।

वानखेडे स्टेडियममा जितको उल्लास (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी टी-२० विश्वकप २०२६ मा स्कटल्यान्डमाथि ७ विकेटको जित निकाल्‍यो।
  • दीपेन्द्रसिंह ऐरीले २३ बलमा अर्धशतक पूरा गर्दै नेपालको जित सुनिश्चित गरे।
  • नेपाल समूह चरणबाट बाहिरिसकेको भएपनि समर्थकहरूले वानखेडे स्टेडियमबाहिर चार घण्टा अगाडि देखि उत्सव मनाए।

६ फागुन, मुम्बई । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ मा मंगलबार सान्त्वना जित निकाल्‍यो ।

नेपाल समूह चरणबाट बाहिरिसकेको भएपनि नेपाली समर्थकहरूको उल्लासमा भने कुनै कमी देखिएको थिएन । वानखेडे स्टेडियमबाहिर मरिन ड्राइभमा नेपाली समर्थकहरू करिब ४ घण्टा अगाडिदेखि नै उपस्थित भएका थिए ।

समूह चरणका सुरुवाती तीन खेलमा पराजित भएपनि नेपालले अन्तिम खेलमा स्कटल्यान्डमाथि ७ विकेटको शानदार जित निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गर्‍यो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरी आज पनि नायक बने । १७१ रनको लक्ष्य पछ्याउँदा रनरेट स्लो भएको अवस्थामा दीपेन्द्रले २३ बलमा अर्धशतक पूरा गर्दै नेपालको जितको आधार तय गरे ।

दीपेन्द्रसँगै गुल्शन झाले पनि क्यामिओ पारी खेले । दीपेन्द्र ५० रनमा अविजित रहँदा गुल्शन २४ रनमा अविजित रहे । त्यसअघि कुशल भुर्तेलले ४३ अनि आसिफ शेखले ३३ रन बनाए ।

नेपालको जितपछि वानखेडे स्टेडियममा जितको उल्लास देखिएको थियो ।

तस्वीरहरू

टी-२० विश्वकप २०२६ नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
विकास श्रेष्‍ठ, गोविन्दराज नेपाल, प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय